ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट खरिद गर्दा आकर्षक छुट « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट खरिद गर्दा आकर्षक छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केवलकार टिकट खरिद गर्दा १० प्रतिशतवाअधिकतम १०० रुपैयासम्म छुटको लागि योग्य हुनेछन् ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआर मार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सिमित अवधिको लागि रहने छ ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्