कामना सेवा विकास बैंकको १६ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

कामना सेवा विकास बैंकको १६ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको छ । संस्थापाक सेयरधनी विष्णु प्रसाद गौतमको नाममा रहेको १६ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

खरिद गर्ने चाहाने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट ३५ दिनभित्र बैंकको केन्दी्रय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार अन्य व्यक्तिरसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्