सिटिजन्स बैंकद्वारा वातावरण दिवसको अवसरमा ‘बृहत वृक्षारोपण’ सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

सिटिजन्स बैंकद्वारा वातावरण दिवसको अवसरमा ‘बृहत वृक्षारोपण’ सम्पन्न



काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा आज (जेठ २२ गते) बुहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले आज शान्तिनगर, काठमाडौंमा बृहत वृृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालयएंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसके गरेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्