कुमारी बैंकको दुई लाख ६८ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

कुमारी बैंकको दुई लाख ६८ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको दुई लाख ६८ हजार ९४९ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्