सरकारलाई राजस्व संकलनको दबाव, शनिवार पनि बैंक खोल्न निर्देशन « Arthapath.com
२२ असार २०८०, शुक्रबार

सरकारलाई राजस्व संकलनको दबाव, शनिवार पनि बैंक खोल्न निर्देशन



काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै आगामी २ वटा शनिबारको दिन समेत बैंक खुला राख्न भनेको हो ।

राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि अर्थात असार २३ गते शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था असार ३१ गतेपनि बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने समेत भनेको छ । चालु आर्थिक वर्ष अन्तिम तिर सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।


प्रतिक्रिया दिनुहोस्