साउनमा निक्षेप र कर्जाको ब्याजदर घटाउँदै बैंकर्स संघ « Arthapath.com
२७ असार २०८०, बुधबार

साउनमा निक्षेप र कर्जाको ब्याजदर घटाउँदै बैंकर्स संघ



काठमाडौं । आगामी साउन महिनामा ब्याजदर घट्ने भएको छ । आगामी साउनमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटाउने भएका छन् ।

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनादेखि लागू हुनेगरि निक्षेप र कर्जाको ब्याजदर घटाउने तयारी गरेको हुन् । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, कर्जा प्रवाह हुन सकिरहेको छैन । सोही अवस्थालाई दृष्टिगत गर्दै साउनमा निक्षेप र कर्जाको ब्याजदर घट्ने भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले बताए ।

उनले भने अर्थपथसंग भने,–‘बैंकिङ्ग प्रणालीमा अधिकत तरलता छ । तरलता सहज भएको अवस्थामा निक्षेप लिएर के गर्नु, त्यसैपनि कर्जा उठ्न सकिरहेको अवस्था छैन । अब ब्याजदर घट्नुपर्छ ।’ हालको तरलता सहजताको अवस्थालाई हेरेर पनि ब्याजदर घटाउनुपर्ने उनको भनाई छ ।

उनका अनुसार साउनमा निक्षेपको ब्याजदर १ प्रतिशत घट्ने छ । ब्याजदर निर्धारणका लागि आधिकारिक रुपमा नेपाल बैंकर्स संघले निर्णय गर्नुपर्छ । आगामी साउन महिनाका लागि ब्याजदर निर्धारण गर्न यही शुक्रबार (असार २९ गते) संघको बैठक बस्दैछ । सोही बैठकले नै हालको अवस्थालाई हेरेर ब्याजदर कायम गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले असार महिनामा भने बैंकहरुले व्यत्तिलगत मुद्दति निक्षेपमा १.९९ प्रतिशत र संस्थागत मुद्दति तर्फ ७.९९९ प्रतिशत ब्याजदर तोकेका थिए । यस्तै, बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सो महिनाका लागि बैंकहरुले कर्जाको ब्याजदर पनि केही घटाएका थिए । बैंकहरुले बेस रेट (आधार दर) को आधारमा कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशतसम्म घटाएका थिए ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी ह्वात्तै बढेको छ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बढेको छ । राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढेर ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुमा मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । अहिले बैंकहरु करिव ५ खर्ब बढी ऋण लगानी गर्ने अवस्थामा रहेका छन् । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि निरन्तर घटीरहेको छ । हाल अन्तर बैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको छ । विशेषगरि बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्दै गएपछि नै यस्तो ब्याजदर घट्को हो ।

बैंकहरुमा पछिल्लो समय निक्षेप निरन्तर बढी रहेको छ । तर, कर्जाको माग भने न्युन छ । करिव ठप्प जस्तै छ । निक्षेप निन्तर बढी रहेको अवस्थामा पनि कर्जा प्रवाह ठप्प देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यो आइतबारसम्मको तथ्याङ्क हो । तर, त्यसको अघिल्लो दिन पनि कर्जा लगानी सोही हारहारीमा नै थियो ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग हुन सकिरहेको अवस्था छैन । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैंकहरुमा कर्जाको माग नभएको एक बैंकका सीइओले बताए ।


प्रतिक्रिया दिनुहोस्