नबिल बैंकले सार्वजनिक गर्यो भोलिदेखि लागू हुने गरि नयाँ ब्याजदर, कुनमा कति ? « Arthapath.com
३१ असार २०८०, आईतवार

नबिल बैंकले सार्वजनिक गर्यो भोलिदेखि लागू हुने गरि नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

अगामी साउन महिनामा बैंकले निक्षेपको ब्याजदर बढाएको छ । बैंकले निक्षेपमा ५.९० प्रतिशतदेखि ८.९० प्रतिशतसम्म ब्याजदर तोकेको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्युनतम ५.९० प्रतिशत ब्याज दिनेछ भने अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले संस्थागत निक्षेपमा ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यस्तै, व्यक्तिगत तर्फ भने ९.९९ प्रतिशत ब्याजदर तोकेको छ । यता, रेमिट्यान्स खातामा भने बैंकले ८.९४० प्रतिशत ब्याजदर तोकेको छ ।

असार महिनामा भने बैंकले साधारण बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत, संस्थागत निक्षेप तर्फ ७.९९ प्रतिशत, व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यसैगरि बैंकले कर्जाको ब्याजदर भने आधादर दरमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ । असारको तुलनामा बैंकको आधार दर घटेको छ । असारमा ९.८३ प्रतिशत रहेको थियो । तर, हाल बैंकको आधार दर ९.६५ प्रतिशत रहेको छ । यसकै आधारमा बैंकले कर्जाको ब्याजदर लिनेछ । कर्जामा बैंकले १४.६५ प्रतिशतसम्म ब्याज लिनेछ ।

कुनमा कति ?


प्रतिक्रिया दिनुहोस्