कुमारी बैंकको ५३ हजार कित्ता बढी सेयर बिक्रीमा « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

कुमारी बैंकको ५३ हजार कित्ता बढी सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति भण्डारीको ४४ हजार ९२७ कित्ता गरी कुल ५३ हजार ८१९ कित्ता सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संबलन गरी सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं अथवा कुमारी बैंक लिमिटेडको प्रधान कार्यलय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्