एक्सेल डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

एक्सेल डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १६ हजार २७५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ४ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय विर्तामोड झापामा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्