कर्मचारी खुसि बनाउन खप्पिस बैंक: चार्टर्ड, ग्लोबल, नबिल र एभरेष्ट अगाडि, कुनको हैसियत कति ? « Arthapath.com
३० श्रावण २०८०, मंगलवार

कर्मचारी खुसि बनाउन खप्पिस बैंक: चार्टर्ड, ग्लोबल, नबिल र एभरेष्ट अगाडि, कुनको हैसियत कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि ५६ प्रतिशतसम्म खर्च गरेका छन् । कर्मचारी तलव सुविधा लागि धेरे खर्च गर्नेमा स्ट्याण्डर्ड, ग्लोबल आइएमई, नबिल, एभरेष्ट र सानिमा बैंक अघि देखिएका छन् । यी बैंकहरुले आफ्ना कर्मचारीहरुको खर्चमा ३० प्रतिशत भन्दामाथि बोनस दिने हैसियत बनाएका हुन् ।

शत बोनस कर्मचारीहरुका लागि छुट्याउनु कानूनी प्रावधान छ । बैंकहरुले पनि सोही बमोजिम कर्मचारीहरुलाई बोनस वितरण गर्छन । यद्यपि, कतिपय बैंकहरुले औषतभन्दा धेरै बोनस पाउछन् भने कति कम पनि पाउने गरेका छन् । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानहरुले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीहरुका लागि छुट्याउनु पर्ने कानूनी प्रावधान छ । बैंकहरुले पनि सोही बमोजिम कर्मचारीहरुलाई बोनस वितरण गर्छन ।

बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार कर्मचारीका लागि ४६ अर्ब ४१ करोड ८३ लाख ६८ हजार रुपैयाँ खर्चिएका छन् । बैंकहरुको कर्मचारी खर्चको औसतमा २३.८८ प्रतिशत बोनस दिन सक्ने सामार्थ्य देखिएको छ । गत वर्ष बैंकहरुले ११ अर्ब ८ करोड ६५ लाख ५६ हजार रुपैयाँ कर्मचारीलाई बोनस दिने भएका हुन् ।

यी हुन् कर्मचारी खर्चको तुलनामा सर्वाधिक बोनस दिने पाँच बैंकहरु

कर्मचारी खर्चको तुलनामा सबैभन्दा धेरै बोनस स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । बैंकले गत वर्ष कर्मचारी खर्चको ५६.४३ प्रतिशत बोनस दिने हैसियत बनाएको छ । समिक्षा अवधिमा बैंकले कर्मचारी खर्चका लागि ९९ करोड १७ लाख २१ हजार रुपैयाँ खर्चिएको छ । बैंकले बोनस भने ५५ करोड ९५ लाख ९० हजार रुपैयाँ दिने भएको हो ।

कर्मचारी खर्चको तुलनामा सर्वाधिक बोनस दिने बैंकहरुको दोस्रो सूचीमा भने ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले कर्मचारी खर्चको ३७.२४ प्रतिशत बोनस दिन भएको हो । गत वर्ष ग्लोबल आइएमईले कर्मचारीका लागि ३ अर्ब १ करोड ५० लाख १८ हजार रुपैयाँ खर्चिएको छ । तर, बोनसका लागि छुट्याएको रकम भने १ अर्ब १२ करोड २६ लाख ६० हजार रुपैयाँ देखिएको छ ।

तेस्रो स्थानमा भने नविल बैंक छ । बैंकले गत वर्ष कर्मचारीहरुका लागि ३ अर्ब ४९ करोड ४३ लाख ९६ हजार रुपैयाँ खर्चिएको छ । बोनसका लागि भने १ अर्ब १९ करोड ८२ लाख ७३ हजार रुपैयाँ छुटएको छ ।नविलले कर्मचारी खर्चको ३४.२९ प्रतिशत बोनस दिने सामार्थ्य बनाएको हो ।

यस्तै, चौंथो नम्वरमा रहेको एभरेष्ट बैंकले भने गत वर्ष १ अर्ब ६२ करोड ७३ लाख ३४ हजार रुपैयाँ खर्चिएको छ । सो खर्च वापत बैंकले ३३.१० प्रतिशत बोनस दिने भएको हो । बैंकले आफ्ना कर्मचारी ५३ करोड ८५ लाख ९६ हजार रुपैयाँ बोनस दिने भएको छ ।

२० प्रतिशत बोनस दिने सूचीमा ९ बैंक

संचालनमा रहेकामध्ये ९ वटा बैंकले भने कर्मचारी खर्चको २० प्रतिशतभन्दा माथि बोनस दिने हैसियत बनाएका छन् ।

साविकको मेगा बैंकसंग मर्जर गई बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्मचारी खर्चको २८.८० प्रतिशत बोनस दिने भएको छ । गत वर्ष बैंकले कर्मचारीहरुका लागि २ अर्ब ३७ करोड ७४लाख ८९ हजार रुपैयाँ खर्चिएको छ । जसका आधारमा बैंकले बोनस भने ६८ करोड ४८ लाख रुपैयाँ बाँड्ने भएको हो ।

अघिल्ला वर्षहरुमा कर्मचारीलाई धेरै बोनस बाँड्ने प्राइम बैंक भने सातौं स्थानमा पुगेको छ । केही वर्षअघिसम्म सबैभन्दा धेरै बोनस दिने प्राइमले हाल भने २७.१३ प्रतिशत बोसन दिने अवस्था आईपुगेको हो । गत वर्ष प्राइमले कर्मचारीका लागि १ अर्ब ३६ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । यसका आधारमा यस वर्ष बैंकले बोनसका लागि ३७ करोड ५ लाख १८ हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै, हिमालयन बैंकले कर्मचारी खर्चको २६.७८ प्रतिशत, एनएमबिले २४.९० प्रतिशत, लक्ष्मी सनराइजले २३.९१, राष्ट्रिय वाणिज्यले २३.३१, सिद्धार्थले २१.७९, नेपाल एसबिआईले २१.५४ र सिटिजन बैंकले २१.१२ प्रतिशत बोनस दिने सामार्थ्य बनाएका छन् ।

कम बोनस दिनेमा कुमारी र प्रभु, अन्यको कति ?

गत वर्षको वित्तीय रिपोर्टअनुसार वाणिज्य बैंकहरुको तुलनामा प्रभु र कुमारी बैंकले कर्मचारी खर्चको कम प्रतिशत मात्रै बोनस दिने भएका छन् ।

प्रभुले कर्मचारी खर्चको १४.४६ प्रतिशत र कुमारी बैंकले १४.९५ प्रतिशत बोनस दिने भएका छन् । गत वर्ष प्रभुले कर्मचारीका लागि ३ अर्ब १३ करोड ३ लाख रुपैयाँ खर्चिएको छ ।

बैंकले बोनसका लागि भने ४५ करोड २६ लाख ४३ हजार रुपैयाँ छुट्याएको हो । यस्तै, कुमारी बैंंकले कर्मचारीका लागि २ अर्ब २८ करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्चिएको छ । यसका आधारमा बैंक कर्मचारीले ३४ करोड १५ लाख ३४ हजार रुपैयाँ बोनस पाउने भएका हुन् ।

यस्तै, कृषि विकास बैंकले कर्मचारी खर्चको १७.७० प्रतिशत, एनआईसी एशियाले १६.८३ प्रतिशत, माछापुच्छ्रेले १५.१९ प्रतिशत र नेपाल बैंकले १५.८४ प्रतिशत बोनस दिने अवस्थामा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्