नाफामा ‘नम्बर वान’ नबिल: ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकको कडा टक्कर, एनआइसीलाई प्राइमले उछिन्यो « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

नाफामा ‘नम्बर वान’ नबिल: ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकको कडा टक्कर, एनआइसीलाई प्राइमले उछिन्यो



काठमाडौं । वाणिज्य बैंकहरुले मध्ये नबिलले सबैभन्दा धेरै नाफा कमाएका छन् । संचालनमा रहेका २० वटा बैंकहरुको नाफाका आधारमा नबिलले टपेको हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ७ महिनामा नबिलले ३ अर्ब ९८ करोड ६५ लाख २० हजार बढी नाफा कमाएको छ । नाफाकै आधारमा भने राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थान छ । बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि नबिल र ग्लोबल आइएमई बैंकबीच उछिनपाछिन हुने गरेको थियो ।

समिक्षा अवधिमा धेरै नाफा कमाउनेको चौंथो सूचीमा भने प्राइम कमर्सियल बैंक छ । बैंकले ७ महिनामा २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । नाफामा प्राइमले आफ्नो पोजिशनमा सुधार गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा नेपालले पनि २ अर्ब ३८ करोड रुपैयाँ बढी खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

यता, एनआइसी एशियाले पनि २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफ कमाएको छ । धेरै नाफा कमाउनेको सातौं सूचीमो एभरेष्ट बैंक छ । बैंकले सात महिनामा १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख, हिमालय बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबिले १ अर्ब ६५ करोड ९७ लाख, कृषि विकासले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यता, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४०क रोड १२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ४० करोड ८७ लाख, कुमारीले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसैगरि सिटिजनले ९९ करोड ७८ लाख, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख, नेपाल बैंकले ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड ७६ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्