सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८ को ७ बुँदे घोषणा « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८ को ७ बुँदे घोषणा



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने, युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने लगायतका ७ बुँदे घोषणा पत्र जारी भएको हो ।

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ ।

यस्तै सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने ,सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारी मार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरु जुट्नुपर्ने बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती भएको महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए । उनले कार्यक्रम गर्नुको मुल उद्देश्य भनेको सहकारी मार्फत उधमशिलतामा युवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए ।

दुई दिन सम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरु सहभागी थिए । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्