सहकारी समस्या समाधानका लागि सरकारले बनायो कार्यदल, दुई महिनामा भित्र प्रतिवेदन बुझाउने « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

सहकारी समस्या समाधानका लागि सरकारले बनायो कार्यदल, दुई महिनामा भित्र प्रतिवेदन बुझाउने



काठमाडौं । सरकारले सहकारी समस्या समाधानका कार्यदल गठन गरेको छ । सरकारले डा. जय कान्त राउतको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन गरेको हो ।

मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यद लबनेको छ ।

सो कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।


प्रतिक्रिया दिनुहोस्