इमेज सहकारी ठगी प्रकरण: संचालक भण्डारी र कर्मचारी रोका पक्राउ, कहाँ छन् अध्यक्ष नेपाली ? « Arthapath.com
१ असार २०८०, शुक्रबार

इमेज सहकारी ठगी प्रकरण: संचालक भण्डारी र कर्मचारी रोका पक्राउ, कहाँ छन् अध्यक्ष नेपाली ?



काठमाडौं । इमेज बचत तथा ऋण सहकारीका संचालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

बचतकर्ताको अर्बौं रकम हिनाहिना गरेको आरोपमा सहकारी संचालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमती रोकालाई प्रहर छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । उनीहरु विरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर गरेको आरोप लागेको छ ।

संचालक भण्डारीको अनुसन्धानका जिल्ला अदालत बागलुङले पाँच दिनको म्याद दिएको छ । यता, कर्मचारी रोकालाई भने आगामी आइतबार मात्रै जिल्ला अदालतमा पेश गरिने भएको छ ।

बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीले जिल्लाको गलकोट, बुर्तिवाङ्ग लगायतका शाखाबाट अर्बौ रकम हिनाहिना गरेको छ । प्रहरीका अनुुसार अन्य सहकारी संस्थापक अध्यक्ष देवकुमार नेपाल एक महिनादेखि सम्पर्क विहीन छन् ।

संस्थापक अध्यक्ष नेपाल र अन्य संचालक तथा कर्मचारीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्