देउराली सहकारीद्धारा रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन आव्हान « Arthapath.com
११ असार २०८०, सोमबार

देउराली सहकारीद्धारा रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन आव्हान



काठमाडौं । देउराली सहकारीले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन आव्हान गरेको छ ।

०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउदेश्यिय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रिय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाण्डौमा रहेको सेवा काउन्टरका बचतकर्ताहरु, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी सम्पर्कमा आउन आग्रह गरेको हो । सहकारीले सदस्य, कर्मचारीहरुलाई सम्र्पकमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङग अशक्त र हस्पिटल भर्ना भएकाहरुलाई केही रकम दिएका्े हुदाँ सम्पर्कमा आउन आग्रह गरेको छ ।

संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समुह बनाइ उक्त समुहका बचतकर्ता कृष्ण प्रसाद कंडेल, नकुल आचार्य, जिवन श्रेष्ठहरुको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सीना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल मर्हजन, मंजिल शाक्य, रविन्द्र श्रेष्ठ, नविन्द्र श्रेष्ठ, भिम बहादुर मर्हजन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नविन मर्हजन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भुपेन्द्र कुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सीना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरि बहादुर श्रेष्ठ, लिला शाक्य लगायत सदस्यहरुले केही रकम आफु थपी करिव ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ ।

साथै, अरु जग्गा लिन इच्छुक सदस्यहरुले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरि जग्गा लिन सकिने संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी साना बचतकर्ताहरुलाई संस्थाले रकम ब्यवस्थापन गरिरहेको र छिट्टै उनीहरुलाई रकम बाँड्ने तादाम्यता मिलाइएको कम्पनीले जनाएको छ । संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुत संचालक समितीहरु सम्र्पकमा रही बचतकर्ताहरुको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरुको अफवाह सुनी संस्था विरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धना, आन्दोलन तथा संचालक समिति विरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउरालीले अपिल गरेको छ ।, देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेकोे र बाँकी रहेकाहरु सम्पर्कमा आइ छलफलबाट आफ्नो रकम सुरक्षा गर्न आग्रह समेत गरेको छ ।

पछिल्लो समय देउरालीका अध्यक्ष रविन्द्र चौलागाइ संस्था अप्ठेरोमा परेपछि आर्थिक लेनदेन गर्दा आफुलाई मर्कामा परि शोषण गर्ने अनुचित लेनदेनवाला र संस्थाको कर्जा लिइ नतिर्ने बरु उल्टै धम्की दिने, अपचलन गर्नेहरु र कतिपय संचालक तथा कर्मचारी विरुद्ध पनि उजुरी दिएका हुन । उजुरी पछि राजनीतिक दलहरुको आडमा गुण्डागर्दी र अपराधिक कर्ममा संलग्न ब्यक्तिहरु लगाइ उल्टै मार्ने, काट्ने जस्ता धम्की दिइएकाले आफु सदस्यहरुमाझ आएर छलफल गर्न नसकेपनि संचालक र केही कर्मचारीमार्फत आफनै निर्देशनमा पिडित बचतकर्ताहरुको बचत दिनरात खटिएर फिर्ता गरिरहेको अध्यक्ष चौलागाँइले बताएका छन् । देउराली सहकारीमा विभिन्न शिर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्