एभरेष्ट बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित गर्ने « Arthapath.com
२६ मंसिर २०७९, सोमबार

एभरेष्ट बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित गर्ने



काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकको सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा हुने भएको हो ।

बैंकको सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सो प्रस्तावलाई पारित गर्नेछ ।

साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने र बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गरेको छ । त्यसका आधारमा मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्