कामना सेवा विकास बैंकले बन्द गर्यो ४ वटा शाखारहित बैकिङ सेवा « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

कामना सेवा विकास बैंकले बन्द गर्यो ४ वटा शाखारहित बैकिङ सेवा



काठमाडौं । कामना सेवा विकास बैंकले शाखारहति बैंकिङ्ग (बिएलबि) सेवा बन्द गर्ने भएको छ । बैंकले ४ वटा शाखारहित बैकिङ सेवा बन्द गरेको हो ।

बैंकले व्यक्ति/फर्मबीच शाखारहित बैकिङ्ग सेवा संचालनको लागि एकआपसमा सम्झौता भई शाखारहित बैकिङ्ग प्रतिनिधिको रुपमा काम हुँदै आएको चारवटा बिएलबि एजेन्ट फागुन १८ गतेदेखि लागू हुनेगरीे सम्झौता रद्द गरेको जनाएको छ ।

बैंकले सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका– ४ स्थित बिना रेमिटान्स, मोरङ जिल्ला लेटाङ– ९ मदनचोक स्थित सुरज विश्वकर्मा, नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका– ४ स्थित गुरुङ किराना पसल र तानसेन–९ दमकडा, पाल्पास्थित महिमा पुस्तक एण्ड मोबाइल सेन्टरसँगको सम्झौता तोडेको हो ।

सम्झौता रद्द गरिएकाले उनीहरुमार्फत निरन्तर कारोबार गरेमा उक्त विषयमा बैंक जवाफदेही बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्