विकास बैंकहरुले घटाए ब्याजदर « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

विकास बैंकहरुले घटाए ब्याजदर



काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाउने भएका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरि बैंकहरुले ब्याजदर घटाउने भएका हुन् ।

सोमबार बसेको डेभलपमेन्ट बैंकर्स संघको बैठकले चैतमा ब्याजदर ०.२५ प्रतिशतले घटाउने निर्णय गरेको हो । विकास बैंकहरुले एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत र एक वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशत तोकेका छन् ।

यस्तै, संस्थागत तर्फ भने एकवर्षे वा सोभन्दा माथिको मुद्दति निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्