समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट, बाँकी ९ लाख ४० हजार कित्ता शेयर लिलामीमा बिक्री गर्ने « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट, बाँकी ९ लाख ४० हजार कित्ता शेयर लिलामीमा बिक्री गर्ने



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयर बाडफाँट सम्पन्न भएको छ । फाइनान्स कम्पनीले बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद शेयर बुधबार (चैत १६ गते) बाँडफाँट सम्पन्न भएको हो ।

समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गते, आइतबारदेखि फागनु २९ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । फाइनान्सले १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर २ः१ अर्थात २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमा शेयरधनीबाट १७ लाख ८९ हजार २३९ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद शेयर बिक्री नभएको बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी शेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस्