नाडेप लघुवित्तको साधारण सभा चैत ८ गते , यस्ता छन् एजेन्डा « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

नाडेप लघुवित्तको साधारण सभा चैत ८ गते , यस्ता छन् एजेन्डा



काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्था लिमिटेडले ८औं वार्षिक साधारण सभा फागुन ८ गतेलाई बोलाएको छ । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले नैविसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लगाएको छ । प्रस्तावित लाभांश वितरण गर्न नसकिने भएकाले रद्द भएको हो । यसअघि, नाडेप र डिप्रोक्स लघुवित्तबीच भएको एक्विजिसन सम्झौता तोडिएको थियो ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । यस अघि संस्थाले घोषणा गरेको लाभांश राष्ट्र बैंकले रद्द गरेको छ ।


प्रतिक्रिया दिनुहोस्