जाल्पा सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय प्रगति ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

जाल्पा सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय प्रगति ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार आएको छ । कम्पनीले प्रकाशत गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनी ३ करोड ९२ लाख रुपैयाँ ऋणात्मक थियो । तर, चालु आवको सोही अवधिमा भने कम्पनीको नाफा ६२ लाख ८१ हजार रुपैयाँ धनात्मक छ । यता, संचालन नाफा पनि ८९ लाख ७३ हजार रुपैयाँ धनात्मक छ । गत आवको सोही अवधिमा ३ करोड ९२ लाख रुपैयाँ ऋणात्मक थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने १२.७१ प्रतिशत घटेर २० करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद संचालन नाफामा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । कम्पनीको यस्तो आम्दानी ११.२५ प्रतिशत बढेर २२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ११ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने २६ करोड ८३ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा भने ७.३९ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ २४ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्