इन्फिनिटी लघुवित्तको नाफासँगै इपिएस पनि बढ्यो, कस्तो छन् मुख्य सूचक ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

इन्फिनिटी लघुवित्तको नाफासँगै इपिएस पनि बढ्यो, कस्तो छन् मुख्य सूचक ?



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफामा चामत्कारिक सुधार गरेको छ । कम्पनीको नाफा झन्डै चार गुणा बढेको छ ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ५ करोड २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।जुन गत आवको सोही अवधिको तुलनामा ३.८० गुणा अर्थात् २८०.५७ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले १ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३.२६ प्रतिशत बढेर १९ करोड ९३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको संचालन नाफा पनि उल्लेख्य बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

तर, कम्पनीको वितरणयोग्य नाफा ४ करोड ४६ लाख २३ हजार रुपैयाँ ऋणात्मक छ । हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा भने २६ करोड ५७ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा भने व्यापक सुधार भएको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो कर्जा ९.०७ प्रतिशत रहेको थियो । तर यो वर्षको सोही अवधिमा भने ४.९७ प्रतिशत कायम भएको छ ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १० रुपैयाँ ४ पैसाले बढेर १४ रुपैयाँ १० रुपैयाँ कायम भएको छ । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १४४ रुपैयाँ ४५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्