छुट्नु होला हैं ? दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

छुट्नु होला हैं ? दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन (फागुन ११ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सबैको लघुवित्त
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद गरी जम्मा १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १ गते बसेको संचालक समितिको बैठकले सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, वन्दिपुर–५ तनहुँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

सिभिल लघुवित्त
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ११औं वार्षिक साधारण सभा फागुन २९ गतेका लागि बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै कम्पनीको हाल कायम रहेको पूँजी संमरचना संस्थापक शेयरधनीको तर्फ ६० प्रतिश तर सर्वसाधारण तर्फको ४० प्रतिशत रहेकोमा परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्