एक लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा « Arthapath.com
५ असार २०८०, मंगलवार

एक लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस खातामा जम्मा गरेको हो ।

कम्पनीको २०७९ फागुन १८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित ६१.७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुदाँ बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हितग्राही खातामा आज (असार ५ गते) जम्मा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्