कालिका लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ? « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

कालिका लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका संस्थापक सेयरधनी बासुदेव पौडेलले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा १० कास्कीमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्