मेरो माइक्रोफाइनान्सले कमायो ६ करोड ४३ लाख नाफा, ब्याज आम्दानी साढे ३९ लाख करोड, इपिएस कति ? « Arthapath.com
१९ माघ २०८०, शुक्रबार

मेरो माइक्रोफाइनान्सले कमायो ६ करोड ४३ लाख नाफा, ब्याज आम्दानी साढे ३९ लाख करोड, इपिएस कति ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साढे ६ करोड नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ४३ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा गत आवको पुस मसान्तसम्मको तुलनामा भने ५.१४ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य (१.१७ प्रतिशत) बढेर ३९ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि सामान्य ३.१५ प्रतिशत घटेर ९ करोड १८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९७ लाख कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ६४ करोड ९६ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा भने २.९१ प्रतिशत बढेर ७.८७ प्रतिशत पुगेको छ । यता, प्रतिसेयर आम्दानी (इपिएस) ९ रुपैयाँ ७४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४९ रुपैयाँ २२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्