नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
२३ माघ २०८०, मंगलवार

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते सोमबार बसेको संचालक समितिको बैठकले यो वर्ष १५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

उक्त प्रस्तावित लाभांश अब नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्