लक्ष्मी लघुवित्तको नाफामा व्यापक सुधार, यस्तो छ वित्तीय प्रगति « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

लक्ष्मी लघुवित्तको नाफामा व्यापक सुधार, यस्तो छ वित्तीय प्रगति



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले खुद नाफा व्यापक रुपमा बढाएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको कम्पनीले यो वर्ष भने ४ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि ६ करोड ३४ लाख रुपैयाँ धनात्मक छ । गत आवको चैत मसान्तसम्म कम्पनीको यस्तो नाफा ९ करोड १९ लाख बढी ऋणात्मक रहेको थियो ।

तर, सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य गिरावट आई २७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ९.४७ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने घटेर ७.७६ प्रतिशत कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा कोषमा भने नभे ३६ करोड ५५ लाख रुपैयाँ राखेको छ ।

यता, प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँ ४१ पैसा धनात्मक छ भने प्रतिसेयर नेटवर्थ पनि १८७ रुपैयाँ ४ पैसा छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्