एनएमबि लघुवित्त कसरी पुग्यो नोक्सानीमा ? « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

एनएमबि लघुवित्त कसरी पुग्यो नोक्सानीमा ?



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था घाटामा देखिएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवको चैत मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा भने कम्पनी ७ करोड ४९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत घटेर १७ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । संचालन नाफा पनि ७ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । यस्तै, नेट फि एण्ड कमिसन आम्दानी पनि २२.४४ प्रतिशत घटेर ३ करोड ९ लाख रुपैयाँ कायम भएको छ । यसरी संचाल नाफा, खुद ब्याज आम्दानी र नेट फि तथा कमिसन आम्दानीमा गिरावट आएपछि नै कम्पनी नोक्सानीमा पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा पनि ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँ ८५ पैसा ऋणात्मक नै छ । यस्तै, प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ २० पैसा छ ।

कम्पनीको खराब कर्जा पनि ८.२९ प्रतिशत छ । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा भने १८ करोड ९० लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्