खुद नाफाको ८० प्रतिशत रिटेन्ड अर्निङमा राख्ने समाज लघुवित्तको निर्णय « Arthapath.com
२१ जेष्ठ २०८१, सोमबार

खुद नाफाको ८० प्रतिशत रिटेन्ड अर्निङमा राख्ने समाज लघुवित्तको निर्णय



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङ्गमा राख्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को खुद नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङ्गमा राख्ने भएको हो ।

कम्पनीको जेठ २० गते आइतबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले खुद नाफा ३० लाख ७३ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोष राख्ने भएको छ । यस्तै बाँकी २४ लाख ९० हजार रिटेन्ड अर्निङमा जम्मा गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्