एनआइसी एशिया लघुवित्तले २५ प्रतिशत लाभांश दिन सक्ने, नाफासहितका मुख्य सूचक कस्ता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले साढे १२ करोड नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीले १२ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने ३२.८२ प्रतिशत कमी हो । कम्पनीले अघिल्लो आवमा कुल १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थिाये ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ११.९२ प्रतिशत घटेर ९५ करोड १६ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा ४९.७१ प्रतिशत घटेर २१ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको वितरणयोग्य नाफा भने ४३ करोड ६० लाख ३७ हजार रुपैयाँ छ । गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई २५.०६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ७५ करोड रुपैयाँ छ ।
गत वर्ष कम्पनीको खराब कर्जा ३.६५ प्रतिशत बढेर ९.९२ प्रतिशत पुगेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ३१ पैसा कायम छ । यता, प्रतिसेयर नेटवर्थ भने १६८ रुपैयाँ १९पैसा कायम भएको छ।