७ लघुवित्तको लाभांश घोषणा, कसको बोनस र नगद कति ?
काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यो वर्षका लागि लाभांश सिजन सुरु भएसँगै लघुवित्त तर्फका ७ वटा कम्पनीहरुले लाभांश घोषणा हुन् ।
यो वर्षका लागि नेशनल लघुवित्त, सर्पोट, आरएसडीसी, गुराँस, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।
यो वर्षका लागि नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
गत आवको मुनाफाट सपोर्ट लघुवित्तले १४.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश दिने भएको हो । यता, आरएसडीसी लघुवित्तले पनि ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यो वर्ष गुराँस लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, स्वालम्वन लघुवित्तले पनि १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यता, फरवार्ड लघुवित्तले पनि १४ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने भएको हो ।