डा. केसीलाई चुनौती दिँदै तलव नपाएका पत्रकार कार्यालय अगाडी सत्याग्रहमा « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

डा. केसीलाई चुनौती दिँदै तलव नपाएका पत्रकार कार्यालय अगाडी सत्याग्रहमा



काठमाडौं । डा. गाविन्द केसीले सत्याग्रह गरेको कुरा त मिडियामा सुनिएकै हो । तर कोरोना कहरका कारण भटाभट पत्रकारको जागिर गएको मात्रै छैन । महिनौदेखी तलव नपाएका पत्रकारहरु आफै कार्यालय अगाडी सत्याग्रहमा उत्रिएका छन ।

श्रमजीवी पत्रकारको वकालत गर्ने पत्रकार आफै महिनौ तलव नपाएर आन्दोलन नै गर्नुपरेको छ । आज ५ औं दिन भयो नागरिकका पत्रकारहरु तलव नपाएर सत्याग्रहमा उत्रिएका छन । पेसागत सुरक्षाका लागि पत्रकार सुविद गुरागाईँले पाँचदिनदेखी सत्याग्रहमा बसिरहेका छन ।

नागरिक दैनिकको कार्यालय रहेको जेडिए कम्प्लेक्स अगाडी दिनहुँ पत्रकारको अन्दोलनले सिंगो पत्रकारिताको हैसियत स्पष्ट पारेको छ । फोटोपत्रकार समूहले गुरागाईँको अगुवाइमा चार दिनदेखि बसेको सत्याग्रहमा क्यामरा डाउन गरेर साथ दिएका छन । गुरागाईँ नागरिक दैनिकको सुन्धारास्थित कार्यालयकै अगाडि पाँचदिने धर्नामा बसेका छन ।

तस्विर: देशसञ्चार अनलाइनबाट


प्रतिक्रिया दिनुहोस्