कोरोनाले हुण्डी बन्द हुँदा रेमिट्यान्स ८.१ प्रतिसतले बढ्यो « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

कोरोनाले हुण्डी बन्द हुँदा रेमिट्यान्स ८.१ प्रतिसतले बढ्यो



काठमाडौं । कोरोनाका बिच पनि रेमिट्यान्स बढेको छ । अधिकांस विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किएपनि रेमिट्यान्समा भने बृद्धि भएको छ । दशैंमा विदेशमा भएका नेपालीहरुले आफ्ना परिवारलाई दशैं मनाउन पठाएको खर्चले रेमिट्यान्समा सामान्य बृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रेमिट्यान्स ८.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा १६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

गत वर्ष सोही अवधीमा रेमिट्यान्स घटेको थियो । गत वर्ष ०.६ प्रतिशतले घटेको रेमिट्यान्स यस वर्ष भने ८.१ प्रतिसतले बढ्न गएको देखिएको छ । कोरोनाका कारण अहिले हुण्डीको कारोवार सुन्य अवस्थामा छ । हुण्डीको कारोवारमा आएको कमसिंगै बैंकिङ च्यानलबाट स्वदेश रकम भित्रिएको हो । यसरी लिकग च्यानलबाट रकम स्वदेश भित्रिदाँ रेमिट्यान्समा बृद्धि देखिएको हो । रेमिट्यान्स केही बढ्नुमा अमेरिकी डलरमा आएको बृद्धि पन एक कारण हो ।


प्रतिक्रिया दिनुहोस्