शुक्रबार ३५१७ जनामा देखियो कोरोना, ४०९६ जना डिष्चार्ज, १६ जनाको मृत्यू « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

शुक्रबार ३५१७ जनामा देखियो कोरोना, ४०९६ जना डिष्चार्ज, १६ जनाको मृत्यू



कठमाडौं । कोरोना भाइरसका कारण देशभर पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । देशभर शुक्रबार ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४०९६ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको पिसिआर परिक्षण गरिएकोमा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा कोरोना देखिएको हो ।

नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । शुक्रबारै ४०९६ जनाले कोरोना जितेका छन । हालसम्म १ लाख २८ हजार ९५८ जनाका कोरोना देखिएको छ । शुक्रबारै कोरोनाको कारण १७ जनाको ज्यान गएको छ । हालसम्म ९२० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्