स्थानीय तहमा ३ सय ९६ वटा अस्पताल निर्माण हुने, अर्थ मन्त्रालयद्वरा ५७ अर्व ९७ करोड बजेट विनियोजन « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

स्थानीय तहमा ३ सय ९६ वटा अस्पताल निर्माण हुने, अर्थ मन्त्रालयद्वरा ५७ अर्व ९७ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले देशभर अस्पताल नभएका क्षेत्रमा ३ सय ९६ ओटा आधारभुत अस्पताल निर्वाण गर्ने भएको छ । कोरोना महामारीका कारण विचलित परेका नागरीकहरुलाई हसज र सर्वसुलव स्वास्थ्य सेवा दिन सरकारले देशभर एकैपटक ३ सय ९६ ओटा अस्पताल बनाउन लागेको हो ।

सरकारले स्वासथ्य क्षेत्रमा एकैपटक ठुलो मात्रामा लगानी गर्न लागेको । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाण हुने आधारभुत अस्पतालको लागी ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेका छन । अर्थमन्त्रीका कार्यभार सम्हालेपछि नेता विष्णु पौडेलले आफ्नो कामलाई तिब्रता दिएका छन ।

मन्त्री पौडेलले अस्पताल निर्वाणाको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्