चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, आवेदन दिएका साढे १२ लाखमध्ये १ लाख ३९ हजारले मात्र पाउने « Arthapath.com
८ माघ २०७७, बिहीबार

चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, आवेदन दिएका साढे १२ लाखमध्ये १ लाख ३९ हजारले मात्र पाउने



काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । कम्पनीको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको छ । पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्सको आईपीओको बाँडफाँड भोली शुक्रबार हुने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ

कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको हो ।

कम्पनीको आईपिओमा आवेदन दिनेमध्य ८८ प्रतिशत भन्दा बढि लगानीकर्ताहरुको हात खालि हुने निश्चित छ । कम्पनीको सेयर कम्तीमा १० कित्ता प्रतिव्यत्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्येबाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ । यसरि नै १० कित्ताका दरले बाँडफाँड गरिने हो भने ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने छ ।


प्रतिक्रिया दिनुहोस्