यस वर्ष पनि राम्रो लाभांश दिन्छौं, अहिलेको अवस्थामा १० प्रतिशत माथिको ग्रोथ उत्कृष्ठ हो « Arthapath.com
२५ फाल्गुन २०७७, मंगलवार

यस वर्ष पनि राम्रो लाभांश दिन्छौं, अहिलेको अवस्थामा १० प्रतिशत माथिको ग्रोथ उत्कृष्ठ हो



चंकी क्षेत्री, सीइओ , सगरमाथा इन्स्योरेन्स लिमिटेड

कोरोना बीमा एउटा सामाजिक उत्तरदायीत्व जस्तै हो ।

सरकारले बीमा पोलिसी बेच्नुभन्दा अस्पताल बनाओस् ।

कोभिड–१९ को प्रभावले बीमा क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

बीमा कम्पनीलाई मात्रै होइन, सारा विश्वलाई नै कोरोनाले असर पारेको छ । आर्थिक, रोजगारीदेखि लिएर सबै क्षेत्रमा कोरोनाले असर गरेको छ । बीमा कम्पनीमात्रै धारासयी भन्न मिल्दैन भए पनि दुःख वा सुख होस्, एकछिनको साथी हो । बीमा जहिले पनि हुनसक्छ नि । कोभिडमा हुने अरु सिजनमा नहुने भन्ने हुँदैन । विजनेशको बढ्ने रेसियो कम छ, तर अहिलेको अवस्थामा यसलाई सन्तोषजनक नै मान्नुपर्छ । समग्र निर्जीवन बीमा व्यवसायको १०–१२ प्रतिशतको ग्रोथ भनेको अहिलेको अवस्थामा राम्रै हो ।

कोरोना बीमाले गर्दा बीमा कम्पनीहरु समस्या परे भन्छन् नि ?

यसलाई सरकारले नै नीति बनाइसकेपछि सरकारले नै जस्टिफाई गर्छु भनेपछि कुरा नै सकियो । अहिले कार्यविधिअनुसार बीमा समितिसँग हाम्रो १ अर्ब र बीमा समितीको एक अर्ब र अन्यको ५० करोड हामीसँग आइसकेको छ । साँढे ३ अर्बभन्दा माथिको जुन सरकारको दायित्व छ । सरकारको दायित्वमा रहेको रकम रिलिज नभएकाले समस्या भएको हो । त्यसलाई पनि म्यानेज गरेर कार्यान्वयन गर्नुपर्ने छ । कोरोना बीमाले अब कुनै पनि बीमा कम्पनीलाई त्यति धेरै असर गर्दैन ।

कोरोना बीमा त ६ सय रुपैयाँमा किनेको एउटा चिठ्ठाजस्तो भन्छन् नि । संसारमा कहिँ नभएको महामारीको पोलिसी ल्याइयो, गलत निर्णय भन्ने छन् नि ?

बीमा क्षेत्रमा होइन, पत्रपत्रिकामा आएको हो । यस्तो पेण्डामीकको इन्स्योरेन्स हुँदैन भन्ने सबैलाई थाहा छ । यसको मेन उद्देश्य कसरी ग्राहाकहरुसम्म पुग्न सकिन्छ र यसलाई सामाजिक उत्तरदायित्वको हिसावले ल्याइएको हो । जनताको मन कसरी जित्न सकिन्छ भनेर लाग्यौं । जुन कार्यक्रम राम्रो भएकाले सरकारले यसलाई एड्जस्ट गर्नुपरेको हो । यो एउटा लर्निङ फेज पनि हो । विश्वका लागि यो एउटा नयाँ मोडल पनि हो । यस्तो बेलामा पनि बीमा कम्पनीले सपोर्ट गरेर आफ्ना जनतालाई सेवा दिइरहेको छ भन्ने एउटा राम्रो उदाहरण पनि हो ।

त्यसैले यसमा हामीले आत्तिनुपर्ने अवस्था पनि छैन । जनताको लागि हो नि त ! सरकारले जुन दिने भनिएको छ, त्यो जनताको कर त हो नि । यो पोलिसी नआएको भए अर्थतन्त्र त्यति चलायमान हुने थिएन । कोरोनाको बीमाको पोलिसी नआएको भए तपाइँहरु पनि फ्रण्ट लाइनमा आएर काम गर्नसक्नु हुन्थेन । बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारी, स्वास्थ्य क्षेत्रका कर्मचारी, पत्रकारहरु सबै फ्रन्ट लाइनमा आएर काम गरिरहेका छन् । कोरोना बीमा नभएको भए त्यति सहजरुपमा काम गर्ने थिएन ।

पेण्डामिकको अवस्था भएकाले अनएक्स्पेक्टेड दाबी जुन भए त्यसलाई म्यानेज गर्नमात्रै अलिक समय लागेको हो । तर, सबैले पाउनुहुन्छ । हाम्रोमा मात्रै साढे ४ अर्बको दावी परेको छ । जुन यो साढे ३ अर्बको फण्ड म्यानेज भएको छ, यो एक हप्ताभित्र मार्केटमा गैसकेको हुन्छ । जो बेरोजगार उहाँले १ लाख पाउने भएपछि केही काम नगरेर आफ्नो रोजीरोटी पनि चलाउन सक्नुहुन्छ नि त । त्यसलाई नराम्रो भन्न मिल्दैन । जसको जागीर छैन भने एक लाख रुपैयाँ पाएर केही सानो काम गर्न पनि त सकिन्छ नि ।

बीमा कम्पनीहरुको दायित्व अरु रिजर्भ फण्डबाट यहाँहरुले भुक्तानी गर्नुपर्ने अवस्था गसिक्नुभयो, यदि सरकारले दिएन भने त बीमा कम्पनीहरु बदनाम हुने भयो नि ?

सरकारले बोलेको कुरा हामी गर्दैनौ भन्छ त ? तपाईं सरकारलाई विश्वास गर्नुहुँदैन भने कसलाई विश्वास गर्नुहुन्छ ? तर हामी त्यसको लागि ढुक्क छौँ । हामीलाई कमिटमेण्ट दिनुभएको यो कुरा जनतामा जाने हो । यसमा नेगेटिभरुपमा जानु हुँदैन । यो कुरामा सरकारले राम्रो गरेको हो भन्ने सोच्नुपर्छ । स्वास्थ्य क्षेत्रमा पनि यस्तो कुरा लागू हुनुपर्छ । यही मोडल हो, बाहिरतिर चल्ने भनेको । यसलाई इन्स्योरेन्सको माध्यमबाट सपोर्ट गर्ने हो । हामी ढुक्क छौँ ।

कोरोना बीमाले पब्लिकमा बीमाप्रति विश्वास बढ्यो भन्नुभयो, तर कम्प्लेन त झन् धेरै छन् नि ?

नम्बर अफ क्लेम नेपालमा कति छ र कतिजना मान्छेले समितिमा उजुरी दिएको छ भनेर हेर्नुपर्छ । ९ महिनामा ०.९ प्रतिशत पनि यस्तो छैन । त्यो कुरा कहिले पनि खोज गर्नुहुन्न । ब्यालेन्ससिट हेरेर जम्मा विजनेश कति छ ? २५ अर्बको छ भने हरेक वर्ष चेक गर्ने भने १३–१४ अर्बको अलरेडी पेड हुन्छ । त्यसपछि आउट पेण्डिङ हुन्छ । कहाँ छ त इन्स्योरेन्स कम्पनीले नदिएको भन्ने कुरा ? जो साँच्चै पीडित हुनुहुन्छ, जसले पाउनुहुन्छ, उहाँहरुले साँच्चैमा कुरा बुझेका छैन । नपाउनेले इन्स्योरेन्स किन गर्नु ? पेण्डामीक समयमा यसको ग्रोथ किन हुन्थ्यो त ? क्लेम हुन्छ भनेर त हो नि । पेण्डामिक समयमा एक अर्ब प्रिमियम उठाउनु भनेको नट अ जोक । यो पोलिसी जो जोले पाउनुहुन्छ नि उहाँहरुले कति पोजेटिभ हुनुहुन्छ त्योबाट थाहा हुन्छ ।

नन–लाइफ इन्स्योरेन्सको ग्रोथ खासै देखिन्न किन हो ?

यस्तो बेलामा घटेको भन्न मिल्दैन । तर, जुन बढ्नुपर्ने हो, त्यो एक्स्पेटशन मिट नभएको हो । किनकी धेरै डेभलपमेण्ट बैंकहरु छन् । लाइफतिर हाम्रो २५ प्रतिशतको, डेभलपमेण्टतिर ७ प्रतिशत जति होला । जति इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकहरु छन् त्यहाँ सेक्युरिटिको फाँट हुन्छ, त्यो सेक्युरिटीको सपोर्ट गर्ने अर्थतन्त्रको सुरक्षा गर्ने भनेको इन्स्योरेन्सले हो ।

बीमाको बजार कहिले बढ्छ त ?

पहिलेको हिस्ट्री हेर्ने हो भने बढेको छ । अहिलेको हिस्ट्री हेर्ने हो भने बढिरहेको छ ।

जुन लेभलमा ग्रोथ हुनुपर्ने हो भने त्यो भएको छैन नि ?

पहिले जस्तो थर्ड पार्टी इम्प्लीमेण्ट नहुँदाखेरि एक्जिट सस्पाइड आयो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कम्पलसरि म्याण्डेटरी गरेको थियो । त्यो बेला राम्रो छलाङ मारेको हो । त्यतिखेर ३०–३५ प्रतिशत ग्रोथ थियो । २५/२० त्यसपछि घट्यो । मिनिमम १५ प्रतिशतको ग्रोथ आएपछि त्यसलाई नराम्रो भन्न मिल्दनै । तर, अझै गर्नुपर्ने कामहरु धेरै बाँकी छन् । सबै स्टाब्लिटी राम्रो भएर लगानीको क्षेत्र अझै बढ्नेछ ।

फेरि सरकारले कृषिमा बढी फोकस गरिरहेको छ । त्यो सेक्टर पनि पहिलेको दाँजोमा विस्तारै बढिरहेको छ । अझै हेल्थ सेक्टर बाँकी छ । सरकारले सोच्ने हो भने एउटा प्रोग्राम राख्नुपर्छ । फण्ड म्यानेजमेण्ट क्लेम कस्तोखालको हुनुपर्छ, कम्पनीलाई थाहा हुन्छ । त्यसलाइ प्याकेजबाट ल्याएर मार्केट बढाउन सकिन्छ । सरकारको काम इन्स्योरेन्स पोलिसी बेच्ने हैन नि । सरकारले बीमा पोलिसी बेच्नुभन्दा पनि इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट हस्पिटलतिर डेभलप गनर्पुर्यो । पोलिसी बेच्ने काम त हामी गरिहाल्छौँ ।

यो वर्षको साधारण सभा कहिले हुन्छ ?

यही वर्षभित्रै गर्ने हो । यसलाई सबै पठाएको हो, रिपोर्ट आउन बाँकी हो । बैशाखको अन्तिमसम्म हुन्छ ।

धारण सभा धेरै ढिला भएन र ?

नियमअनुसार त ६ महिनामा गर्नुपर्ने हो । हाम्रो भ्याल्यूलेशनको लागि इण्डिया पठाउनुपर्ने भएकाले ढिला भएको हो । अलिकति टेक्निकल विषय भएकाले बैंकहरुको फटाफट हुन्छ, हाम्रो टाइम लाग्छ । तर, हामीले सैद्धान्तिक सहमति आफ्नो तर्फबाट निकाल्नुपर्ने हामीले पठाइसकेका
छौँ । पहिलेको नेपाल स्ट्याण्डर्ड अकाउण्टेड डिफरेन्स हुनाले ढिला भएको हो ।

यस कम्पनीको सेयर मूल्य धेरै बढिरहेको छ, किन हो लाभांश राम्रो दिनसक्ने अवस्था हो ?

सगरमाथाको होइन । अहिले बुलिसट्रेण्डले गर्दा सबै कम्पनीको सेयर मूल्य बढेको छ । लाभांश त दिइन्छ नै होला । तर, अहिले नै डिक्लियर गर्न मिल्दैन । ट्रेडी कोड दिन्छ त्यसपछि भन्छु । योभन्दा अगाडि ८६ प्रतिशत दिएका थियौँ ।

नन–लाइफ बीमा कम्पनी मर्जरमा जानुपर्छ भनिरहेका छन्, के छ तपाइँको विचारमा ?

मार्केटमा एउटा ट्रेण्ड छ, फलानो कम्पनी फलानोसँग जाने भनेर सेयर बढेको पनि देखिन्छ । तर, यसको रुल्स रेगुलेशन घटाउने भनेर बैंकहरुमा घटाउने भनेजस्तो यो क्षेत्रमा छैन । तर, अब प्रोडक्ट क्यापिटल छ र त्यहीअनुसारको विजनेश ग्रोथ भएन भने कुनै दिन त्यो सिच्योसन आउन सक्छ होला ।

सगरमाथाको इन्स्योरेन्सको भूकम्पको बीमा दावी भुक्तानी गर्न बाँकी छ ?

छैन । त्यो हामीले जमानामा सिद्याएका छौँ । ३५ सय मा एक–दुईजना १ जनाको कोही छ भने त्यसलाई के भन्ने । प्वाइण्टमा नि पाउनुहुन्न । एकजनाको बाँकी छ होला ।

बैंकको ब्याजदर घटेको बेला बीमा कम्पनीको आम्दानी घट्यो हो है ?

त्यो त हामीलाई मात्रै होइन, हामीजस्तै डिपेण्ड हुनेले सबैको घटेको हो । तर, राम्रो कुरा भनेको टप रेञ्जमा लगानी भएर आयो भने इन्स्योरेन्सको दायरमा फराकिलो हुन्छ । इण्ट्रेस्ट रेट घटेर नयाँ–नयाँ कम्पनी खुल्यो भने त्यो माध्यमबाट पनि हामीलाई फाइदा हुन्छ । नयाँ इन्भेष्ट खुलेको छैन नि त । हामीले जता पायो लगानी गर्न मिल्दैन । पहिलको तुलनामा घटेको नै हो ।

बैंकको व्याज घट्दा कति प्रतिशत ब्यालेनससिटमा असर गर्यो सर ?

पहिलेको जस्तो १२ प्रतिशत सबै कम्पनीको ९ प्रतिशतमा हुन्थ्यो भने अहिलेको नयाँ पुरानो गर्दाखेरि ७ प्रतिशतको एभरेज आएपछि ३ अर्बको लगानी छ भने २ प्रतिशतले ६ प्रतिशत आउँछ ।

नयाँ अध्यक्ष आएपछि बीमा क्षेत्रमा कस्तो हुन्छ ?

उहाँ भर्खर आएर आफ्नो कार्यकालको प्लानिङ बनाइरहनुभएको छ । राम्रो गर्छु भनेर आउनुभएकोले राम्रो होला । हामीले त राम्रै आश गरेका छौँ ।

कोभिडको कारणले बैंकहरुले डिजिटाइजेशनमा फ्लो गरे धेरैजसो बैंकहरुले कपी गरेजस्तो देखिन्छ, बीमामा डिजिटाइजेशनको बारेमा बीमक संघ पनि तपाइँहरुसँग कसरी अगाडि बढ्ने प्लान बनाएको छ ?

कपीको कुरा गर्नुभयो, त्यो गलत कुरा हो । अहिलेको सेक्टर भनेको टोटल डिपेण्ड आईटीमा हो । कोभिड पेण्डामिकले झन् अझै बढायो । डिजिटलाइजेशनमा जाने कुरा विदेशमा कोरोनाभन्दा पहिले नै आइसकेको थियो । नेपालमा यसलाई कोभिडले बैंकिङ वा अन्य सेकटरमा थप सहयोग पुर्यायो । इन्स्योरेन्स कम्पनीले पनि त्यो गर्नुपर्छ भनेर अगाडि बढाएको छ ।

सगरमाथा इन्स्योरेन्सले त २ वर्ष अगाडि नै हात–हातमा बीमा भनेर प्रक्रिया अगाडि बढाएको हो नि । यो बेलामा त्यो कुरा राम्रो लाग्यो । कोभिड आइसकेपछि धेरै कम्पनीले यसलाई बढी फोकस गरे । बढिजसो अनलाइनबाट सेल गर्ने । अब आउने जेनेरेशनमा यसको प्रर्सेण्टेज बढ्दै जानेछ । इन्स्योरेन्सको यतिकै किन्नको लागि अहिले जुन छ नि, जस्तै अरु चिजहरु किनिन्छ नि सामान किनिन्छ नि अहिले पनि छैन । योचाहिँ अलिकति गाह्रो छ । जसले लिइसकेको छ वा नयाँ आउने मार्केटमा टार्गेट गरेर हामीले पोलिसी प्रोडक्ट गरेका छौ उहाँहरुले अनलाइनबाट नै बुक गरेका हुन्छन् । क्लेमको कुराचाहिँ अनलाइनबाट प्रोसेस गरेपछि उहाँहरुले इन्फर्मेसन पाउनुहुन्छ । पहिले हामी चेक लिएर भुक्तानी गथ्र्याै, अहिले हामी डाइरेक्ट बैंकमा ट्रान्सफर गर्छाै । विस्तारै यो कुराहरु टाइमअनुसार सुहाउँछ ।

भीआईपी इन्स्योरेन्सको कुरा गर्नुभयो हतारमा गर्न खाजेको जस्तो छ ?

भीआईपी इन्स्योरेन्स क्लेमको लागि भयो । भीआईपी इन्स्योरेन्स भनेको भेइकल इन्स्योरेन्स पोलीसी हो । हात–हातमा बीमा भनेको अनलाइन पेमेण्टको कुरा छ, त्यही नै हो । मोवाइलफोनबाट नै प्रयोग गर्न मिल्ने बनाएको छ । त्यसमा हामी एक स्टेप अगाडि नै छौँ । एप डाउनलोड गरेर पोलिसी लिनुभयो भने अटोमेटिक नै पोलिसी आउँछ ।


प्रतिक्रिया दिनुहोस्