प्रिमियर इन्स्योरेन्सको साधारणसभाबाट ११.०५ प्रतिशत लाभांस पारित, बैठक भत्ता बढाउने निर्णय « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

प्रिमियर इन्स्योरेन्सको साधारणसभाबाट ११.०५ प्रतिशत लाभांस पारित, बैठक भत्ता बढाउने निर्णय



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारणसभाले ११.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।

बीमा कम्पनीले ३६ करोड ९९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले १ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्ष विभिन्न क्षेत्रमा २ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै सोमबार सम्पन्न भएको साधारण सभाले संचालक समिति अध्यक्षको बैठक भत्ता १० हजार रुपैयाँबाट बढाएर १७ हजार रुपैयाँ र संचालक सदस्यहरु तथा उप–समिति संयोजक लगायत सदस्यको प्रति बैठक भत्ता ८ हजार रुपैयाँबाट १५ हजार रुपैयाँ पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्