ज्योति लाइफको सेयर कारोबार आजदेखि हुँदै, कतिमा होला ओपनिङ कारोबार ? « Arthapath.com
२५ चैत्र २०७७, बुधबार

ज्योति लाइफको सेयर कारोबार आजदेखि हुँदै, कतिमा होला ओपनिङ कारोबार ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) दोश्रो बजारमा सूचीकृत गरिएको छ । ज्योति लाइफको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गरिएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ ।

कम्पनीको सेयर आज (बुधबार)देखि दोस्रो बजारमा कारोबारमा गरिँदै छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ ।

606c207b1d27a.JPG


प्रतिक्रिया दिनुहोस्