कोरोना संक्रमण र मृत्युमा नयाँ रकेर्डः थप ७ हजार ३८८ जनामा कोरोना, ३७ जनाको मृत्यु « Arthapath.com
२० बैशाख २०७८, सोमबार

कोरोना संक्रमण र मृत्युमा नयाँ रकेर्डः थप ७ हजार ३८८ जनामा कोरोना, ३७ जनाको मृत्यु



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ३७ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

गत २४ घण्टामा २ हजार २१ जना निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

सोमबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च हो ।हाल देशभर ५४ हजार ४१ जना आईसोलेसनमा रहेका छन ।

सोमबार उपत्यकामा एकै दिन ३ हजार ६६६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्