नेपाल लाइफ २१ औ वर्षमा प्रवेश, १ खर्ब १ अर्बको जीवन बीमा कोष, १० अर्ब लाभांश वितरण गर्यो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

नेपाल लाइफ २१ औ वर्षमा प्रवेश, १ खर्ब १ अर्बको जीवन बीमा कोष, १० अर्ब लाभांश वितरण गर्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश गरेको हो ।

दुई दशक पार गरेर जीवन बीमा व्यवसाय शुरु गरेको कम्पनी अग्रणी स्थानमा रहेको छ । स्थापनाकालमा जीवन बीमा कोष ८ लाख ७ हजार रुपैयाँ रहेकोमा हाल १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले २९ लाख २ हजार ९२६ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ ।

बीमितिले पाउने बोनसदर न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ र मृत्युदाबी मात्रै ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । बीमा अवधि परिपक्व भएर बीमितिले ९ अर्ब ५९ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी प्राप्त गरेका हुन् । आंसिक अवधिको भुक्तानी पनि ११ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

स्थापना हुँदा २ वटा शाखाबाट बीमा व्यवसाय शुरु गरेको कम्पनीले हाल २ सय शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ । कम्पनीमा १ लाख ७४ हजार ७८ जना अभिकर्ता रहेका छन् । कम्पनीको सर्वाधिक लगानी कोष १ खर्ब १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले नाफाबाटै ६ अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर वितरण गरेको छ भने ३ अर्ब ४६ करोड रुपैयाँ नगद लाभांस गरी कूल १० अर्ब लाभांश वितरण गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्