सगरमाथा इन्स्योरेन्सको नाफा ६४ प्रतिशतले उछाल, बीमा कोषमा ५४ प्रतिशतले छलाङ, अन्य सूचकमा चम्कियो « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

सगरमाथा इन्स्योरेन्सको नाफा ६४ प्रतिशतले उछाल, बीमा कोषमा ५४ प्रतिशतले छलाङ, अन्य सूचकमा चम्कियो



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६३.९४ प्रतिशत बढेर २८ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २८.१४ प्रतिशतले बढेर ९५ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योन्सको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, जगेडा कोषमा ४०.२३ प्रतिशतले बढेर ४८ करोड ३४ लाख रुपैयाँ, बीमा कोषमा ५३.९६ प्रतिशत बढेर ९५ करोड ६६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४.६८ प्रतिशतले बढेर १२ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ १९ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ४५.२५ गुणा रहेको छ ।

त्यस्तै, यस अवधिमा इन्स्योरेन्सले बीमालेख १९.६३ प्रतिशतले बढाएर १ लाख ३६ हजार ६९६ वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले ८ हजार ३२ वटा दाबी बापत ८० करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ६ हजार ५४१ दाबी बापत १ अर्ब १८ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्