मादण्डभन्दा डेढगुणा बढी फ्लाई आस राखेर सिमेन्ट उत्पादन गर्दै मंगला सिमेन्ट « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

मादण्डभन्दा डेढगुणा बढी फ्लाई आस राखेर सिमेन्ट उत्पादन गर्दै मंगला सिमेन्ट



काठमाडौं । मंगला सिमेन्टले सरकारले तोकेको भन्दा झण्डै डेढ गुणा बढी फ्लाई आस (Fly ASH) प्रयोग गर्ने गरेको पाइएको छ । उद्योग विभागले तोकेको गुणस्तर मापदण्ड (एनएस) चाहिने भन्दा डेढगुणासम्म बढी प्रयोग गरिरहेको पाइएको छ ।

सामान्यतय पिपिसि सिमेन्टमा बढीमा २८ प्रतिसतसम्म फ्लाई आस (खरानीको धुलो) मिसाउन पाइन्छ । तर मंगला सिमेन्टले ४० प्रतिसतसम्म मिसाउने गरेको पाइएको छ । यसबारेमा गुणस्तर विभागले समेत ध्यान दिएको छैन ।

गुणस्तर विभागको कर्मचारी जाँदा मंगला सिमेन्टका कर्मचारीले अन्य कम्पनीबाट ल्याएका मापदण्ड पुगेका सिमेन्ट टेष्टको लागी देखाउने गरेको पाइएको छ । गुणस्तर विभागले पटक पटक सचेत गराउँदा पनि मंगलाले सरकारी मापदण्ड अनुसारको सिमेन्ट उत्पादन गर्न सकेको छैन ।

सामान्यतय स्तरीय कम्पनीले खरानीको धुलोजस्तो देखिे फ्लाई आस २५ प्रतिसतमात्रै राखेर उत्पादन गर्छन । सरकारले २८ प्रतिसतसम्मलाई गुणस्तर चिन्ह दिन्छ । तर मंगला सिमेन्ट उद्योगले ४० प्रतिसतसम्म राख्ने गरेको पाइएको छ । मंगला सिमेन्ट कम्पनीले एसके, भैरवी र मंगला सिमेन्ट उत्पादन गरिरहेको छ ।

२०७५ साउनबाट सिमेन्ट उत्पादन गरिरहेको मंगला सिमेन्टले सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको पाइएको छ । नौबिसे धादिङमा उद्योग रहेको मंगला सिमेन्टले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर उपभोत्ता ठगेको पाइएको छ । मंगला सिमेन्टलाई सरकारले पटक पटक सचेत गराक्ष्इसकेको छ ।

मंगला सिमेन्टको अध्यक्ष किरण केसी रहेका छन् भने कार्यकारी निर्देशक शिव शंकर मिस्त्र रहेका छन् । उनिहरु दुबै अन्य सिमेन्टकोसमेत होलसेलर हुन् । उद्योगबाट उत्पादिन गुणस्तरहिन सिमेन्ट सप्लाई गरेर करोडौं कमाइरहेका छन् । राज्यलाई तिर्नुपर्ने करसमेत नतिरी राती राती कमसल सिमेन्ट सप्लाई गरिरहेका छन् ।

बजारमा नाम चलेका सर्वोतम्, सिभम्, युनाइटेड र मारुती सिमेन्ट उद्योगले पनि सरकारले तोकेको मापदण्ड पुरा गर्न नसकेको पाइएको छ । यसबारेमा विभागले छाविन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्