झुटो वित्तीय विवरण सच्याए फरवार्ड माइक्रोफाइनान्स र इन्फिनिटी लघुवित्तले « Arthapath.com
१९ माघ २०७८, बुधबार

झुटो वित्तीय विवरण सच्याए फरवार्ड माइक्रोफाइनान्स र इन्फिनिटी लघुवित्तले



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सच्याएको छ । लघुवित्तले पौष मसान्तसम्मको वित्तीय विवरणमा चुक्ता पूँजी घटाएको थियो ।

लघुवित्तले चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १४६.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.८३ गुणा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११३.७० रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको जनाएको छ ।

यसअघि लघुवित्तले चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १८७.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको बताएको थियो ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि दोस्रो त्रैमासको वित्तीय विवरण सच्याएको छ । लघुवित्तले सच्याएको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १०८ रूपैयाँ ५० पैसा रहेको छ । यसअघि लघुवित्तले प्रतिशेयर आम्दानी १४६ रूपैयाँ ४७ पैसा राखेको थियो ।

लघुवित्तले चुक्ता पूँजी सच्याएपछि ८४ करोड ४४ लाख ५० हजार रूपैयाँ रहेको जनाएको छ यसअघि लघुवित्तले ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

सच्याएको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ २७७ रूपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१४ गुणा कायम गरेको छ । यसअघि लघुवित्तले प्रतिशेयर नेटवर्थ ३७४ रूपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १४.९२ देखाएको रहेको देखाएको थियो ।


प्रतिक्रिया दिनुहोस्