भर्खरै मर्जर सम्झौता गरेका कुमारी र एनसीसी बैंकलाई दाँजेर हेर्दा, कुनको अवस्था कस्तो ? « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

भर्खरै मर्जर सम्झौता गरेका कुमारी र एनसीसी बैंकलाई दाँजेर हेर्दा, कुनको अवस्था कस्तो ?



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एक आपासमा गाभिने भएका छन् । दुवै बैंकले मर्जरमा जानका लागि समझादारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको छ । मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

कुनको वित्तीय अवस्था कस्तो ?

चुक्ता पुँजी :

कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ भने एनसीसी बैंक ११ अर्ब १३ करोड ३९ हजार रुपैयाँ रहेको छ । मर्जपछि २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ ।

जगेडा कोष :

एनसीसी बैंकको जगेडा तथा कोषमा ३ अर्ब ८४ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ भने कुमारी बैंकको ४ अर्ब ६१ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी :

गत आवमा कुमारी बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३८ करोड ७ लाख २४ हजार रुपैयाँ रहेको छ । एनसीसी बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १५ करोड ५६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

खुद संचालन आम्दानी :

गत आवको वित्तीय विवरण अनुसार कुमारी बैंकको खुद संचालन आम्दानी ७ अर्ब ५६ करोड २७ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस्तै, एनसीसी बैंकको ५ अर्ब १४ करोड ९९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

संचालन नाफा :

कुमारी बैंकको संचालन नाफा ३ अर्ब ९८ लाख ८१ लाख ५८ हजार रुपैयाँ रहेको छ भने एनसीसी बैंकको २ अर्ब ६७ करोड २१ लाख २९ हजार रुपैयाँ रहेको छ ।

वितरण योग्य नाफा :

गत आवमा कुमारी बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

खुद नाफा :

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार र कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा :

कुमारी बैंकको खराब कर्जा ०.९६ प्रतिशत रहेको छ भने एनसीसी बैंकको खराब कर्जा १.९३ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी :
एनसीसी बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र कुमारी बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ :

एनसीसी बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ भने कुमारी बैंकको १४४ रुपैयाँ १ पेसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्