गोर्खाज फाइनान्सको नाफामा छलाङ : अधिकांश सूचकमा उल्लेख्य सुधार, यस्तो देखियो वित्तीय प्रगति « Arthapath.com
८ माघ २०७९, आईतवार

गोर्खाज फाइनान्सको नाफामा छलाङ : अधिकांश सूचकमा उल्लेख्य सुधार, यस्तो देखियो वित्तीय प्रगति



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले ६७ करोड रुपैयाँ बढी नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामै ६ करोड ७१ लाख ५७ रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २४६.९७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८०.३१ प्रतिशतले वृद्धि भई १७ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ६ करोड १९ लाख २९ हजार रुपैयाँ मात्र थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानी १८ करोड ८१ लाख ८४ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले २४ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद संचालन मुनाफा गरेको छ । कम्पनीको वितरण योग्य मुनाफा २ करोड २९ लाख ४० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ७३ करोड २९ लाख २५ हजार रुपैयाँ राखेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खराब कर्जा भने घटाएको छ । गत वर्षको सोही अवधिमा ८.१७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको पुस मसान्तसम्म आईपुग्दा भने ६.७६ प्रतिशतमा झारेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४७ पैसा रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०१ पैसाले वृद्धि भएको हो । कम्पनीको प्रतिसेयर आम्दानी १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

कम्पनीको निक्षेप तथा कर्जा लगानीमा केही वृद्धि भएको छ । सो अवधिमा कम्पनीले ७ अर्ब ३३ करोड ९२ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ८५ करोड ११ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

आगामी दिनमा संस्थाले निक्षेपमा वृद्धि गर्ने कर्जा निक्षेपको अनुपातलाई तोकिएको अनुपातमा कायम राखी थप कर्जा विस्तार गरि मुनाफा वृद्धि गर्ने व्यवस्थापनको रणनैतिक योजना रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्