१७ खर्बको बजेट आउने: वृद्धवृद्धा र कर्मचारी हेरेको हेर्‍यई « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

१७ खर्बको बजेट आउने: वृद्धवृद्धा र कर्मचारी हेरेको हेर्‍यई



काठमाडौं । आज सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे आगामी आवको बजेट प्रस्तुत गर्दैछन् ।

आगामी आवका लागि १७ खर्ब हाराहारीमा मै बजेट आउने अनुमान गरिएको छ । यता, राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको सिलिङ पठाएको थियो । सरकारले आगामी आवमा वृद्धभत्ता र कर्मचारीहरुको तलब नबढाउने गरि बजेट निर्माण गरेको बताइएको छ ।

कर्मचारीको तलब चालु आवमा १५ प्रतिशत तलब वृद्धि भएको थियो । तर, आगामी आवमो भने नबढ्ने भएको हो । स्रोत अभाव देखाउँदै अर्थमन्त्रालयले निजामती सेवाका कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्र सेवकको तलब नबढाउने गरि बजेट निर्माण गरेको छ । यता, आगामी आवमा वृद्धभत्ता पनि नबढ्ने भएको छ । तलब वृद्धिका आसामा बसेका कर्मचारी र वृद्धभत्ता वृद्धिको व्यक्तिहरु हेरेको हेरर्‍यई हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्