बजेटपछि बढ्यो मदिराको भाउ: झण्डै आधाले घट्यो रक्सीको व्यापार, कुनको कति पर्छ मूल्य ? « Arthapath.com
७ असार २०८०, बिहीबार

बजेटपछि बढ्यो मदिराको भाउ: झण्डै आधाले घट्यो रक्सीको व्यापार, कुनको कति पर्छ मूल्य ?



काठमाडौं । सरकारले मदिराजन्य वस्तुको कर बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत मदिराको कर वृद्धि गरेका हुन् ।

सरकारले बजेट मार्फत अल्कोहल रहित बियरमा मूल्य प्रतिशत लिटर ३५ रुपैयाँ अन्त:शुल्क कायम गरेको छ । जुन चालु आवको बजेटमा ३० रुपैयाँ मात्रै अन्त:शुल्क तोकिएको थियो ।

यस्तै, सरकारले जौबाट बनेको बियरमा पनि प्रतिलिटर ७ रुपैयाँ अन्त:शुल्क वृद्धि गरेको छ । योसंगै अब प्रतिलिटर २३५ रुपैयाँ पुगेको छ । यसअघि २२८ रुपैयाँ रहेको थियो ।

१५ युपी शक्तिको रक्समीको मूल्य पनि ५० रुपैयाँले वृद्धि भएको छ । यसअघि १५ युपिको रक्सीको मूल्य एक हजार ७५० रहेको छ । यस्तै, २५ युपि शक्तिको रक्सीको भाउ पनि वृद्धि भएको छ । यस्तो शक्तिका रक्सीको भाउ प्रतिलिटर १ हजार ३४५ रुपैयाँ पुगेको छ । २५ युपि अन्तर्गत ओल्ड दरवार, कालापत्थर, सिग्नेचर र खुकुरी रम जस्ता रक्सी पर्दछन् । यसअघि यस्ता रक्सीको प्रतिलिटर १ हजार ३०६ रुपैयाँ रहेको थियो ।

त्यसैगरि ३० युपि शक्तिका रक्सीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । यसअघि ३० युपि आइटम्स १ हजार २१५ रुपैयाँमा रहेको थियो । तर, कर वृद्धिसंगै अब यस्ता रक्सीको भाउ १ हजार २५० रुपैयाँ पुगेको छ । ३० युपि शक्तिका रक्सीमा ८८४८, रुस्लान भोड्का लगायत पर्छन् ।

यता, ४० युपि शक्तिका रक्सीको मूल्य पनि २० रुपैयाँले बढेको छ । यसअन्तर्गत गोल्डेन वक, भर्जिन, ब्लू डायमन्ड, वल्डमग जस्ता रक्सीहरु पर्छन । यस्ता रक्सीको मूल्य यसअघि ६१० रुपैयाँ रहेको थियो । तर, कर वृद्धिसंगै अब प्रतिलिटर ६३० रुपैयाँ पुगेको छ ।

सरकारले ५० युपिको रक्सीमा १३ रुपैयाँ र ७० युपिको रक्सीमा ८ रुपैयाँ मूल्य वृद्धि गरेको हो । यस्तै, ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ बढाएको छ । अन्य मदिरामा प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बढाएर प्रतिलिटर ९० रुपैयाँ पुर्याएको छ ।

आर्थिक मन्दीका कारण ४० प्रतिशतले घट्यो रक्सीको व्यापार

यस वर्ष मदिराको व्यापार घटेको छ । आर्थिक संकटका कारण मदिरा खपतमा गिरावट आएको हो । रक्सीको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट छ । विशेषगरि आर्थिक मन्दीका कारण नै यस्तो व्यापार घट्न पुगेको हो । तर, गत वर्ष भने मदिरा व्यवसाय समग्रमा १० प्रतिशतले बढेको थियो । यस वर्ष बजारमा चालु पुँजीको अभाव, बैंकहरुले ऋण प्रवाहमा कडाई, व्याजदर वृद्धिले यस क्षेत्रमा लगानीको अभाव रहेको छ ।

यता, उपभोक्ताको क्रयशक्तीमा ह्रास आएको छ, जसले मदिराको व्यापारमा समेत प्रभाव पारेको छ । उपभोक्ताको क्रयशक्तिमा आएको गिरावट मदिराको कारोबार घटेको एक व्यवसायीले बताए ।

मदिराको व्यापार विवाह, भोजभतेर, जमघट र सभ तथा सम्मेलन जस्ता आयोजनाहरुमा बढी हुने गरकोे छ । तर, पछिल्लो समय आएको आर्थिक मन्दीले यस्ता गतिविधि पनि कम मात्रमा हुने गरेका छन् । व्यक्ति र संस्थागत खर्च गर्ने प्रवृत्तिलाई पनि घटेको छ । जसले व्यासायमा असर गरिरहेको छ ।

विशेषशत: ७० यूपि बाहेकका रक्सीको व्यापार ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म घटेको बताइन्छन् । तर, बियरको भने गत वर्षकै हाराहारीमा कारोबार भएको व्यवसायीहरुको भनाई छ । यस वर्ष १ करोड ८० लाख कार्टुन बियर खपत भएको । यस्तै ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । त्यसैगरि यस वर्ष १ करोड ८० लाख कार्टुन बियर र ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । अन्य रक्सी ३० लाख कार्टुन खपत भएको व्यवसायीहरुको तथ्याङ्क छ ।


प्रतिक्रिया दिनुहोस्