एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो नगद र बोनस ? « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो नगद र बोनस ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद र बोनस सेयरमा लाग्ने करका लागि दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्